back
CTIZAN AD

झापामा कुटपिटबाट एक जनाको मृत्यु

वि.सं.२०८१ माघ २० आइतवार

684 

shares

दमक (झापा) । कमल गाउँपालिका-७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी, कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।

विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो । बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रासस

वि.सं.२०८१ माघ २० आइतवार ०७:४५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...