back
CTIZAN AD

महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

वि.सं.२०८१ माघ २० आइतवार

552 

shares

काठमाडौँ । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज यहाँ जारी खेलमा नेदरल्याण्ड्सले जितका लागि नेपाल सामू एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१÷२१ रन जोडे ।

बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक÷एक विकेट लिए ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

यता नेदरयाण्ड्स भने प्रतियोगितामा दोस्रो जितको खोजिमा छ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

वि.सं.२०८१ माघ २० आइतवार १४:३९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...