back
CTIZAN AD

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

वि.सं.२०८१ माघ २१ सोमवार

660 

shares

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लो पटक अध्यादेश ल्याएको स्पष्ट पारे । “सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोडनका निम्ति गरेको एउटा सशक्त पहल हो”, उनले भने,“यसका सकारात्मक नतिजा क्रमशः आउन थालेका छन् ।” अध्यादेशका फरक–फरक विषय राम्रोसँग अध्ययन, छलफल गरेर आम नागरिककाबीच वास्तविकता सूचना पु¥याउने हिसाबले लाग्न सञ्चारकर्मीलाई आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको स्पष्ट पारे । उनले भने ,“अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो । ”उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको बताए ।

“सरकार अब सकारात्मक दिशातर्फ अगाडि बढेको छ, यो गतिलाई तीव्रता दिँदै मुलुकलाई ओरालो लाग्ने अवस्थालाई रोकेर, क्रमशः गति बढाउने अवस्थामा पुगेका छाँै”, उनले भने, आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौँ, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौँ र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छाँै भन्ने विश्वास छ ।”

उनले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा संविधानले दिएका नागरिकका हक, वाक तथा प्रेस स्वतन्त्रताकाविरुद्ध सरकार उभियो कि भन्ने आम रुपमा भ्रम फैल्याउने काम भएको बताए । उनले वर्तमान नेतृत्व वाक तथा प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका र नागरिकका अधिकारका निम्ति जीवनभर लडेका राजनीतिक पार्टीक नेता कार्यकर्ता रहेकाले त्यस्तो स्वतन्त्रताकाविरुद्ध कदापि लाग्न नसक्ने स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाललाई नियमनसम्बन्धी विधेयक वाक् तथा स्वतन्त्रताविरुद्ध नभएको स्पष्ट पारे । उनले नियमन गर्नु र स्वतन्त्रताकाविरुद्ध उभिनु एउटै विषय नभएको पनि स्पष्ट पारे । उनले भने,“कसैले पनि आफूले गरेको कामका निमित्त आफै उत्तरदायी हुनुपर्छ । राम्रो काम गर्ने पुरस्कृत हुने र कमजोरी गर्ने आलोचना हुन्छ, अपराध गर्ने दण्डित हुनुपर्छ ।”

उहाँले सरकारले प्रस्ताव गरेको विधेयकमा संविधान र कानुनले नागरिकलाई प्रदान गरेका अधिकारलाई बन्देज लगाउने कही नभनेको नियमन गर्ने, व्यवस्थित गर्ने र अनाधिकृत, अनुत्तदायी, समाजको एकता, सद्भाव खलबल्याउने विभिन्न खालका विकारयुक्त अभिव्यक्तिको पाणी चलाएर दिग्भ्रमित गर्ने कार्यलाई नियमन गर्न खोजिएको बताए ।

उपप्रधानमन्त्री पौडेलले रुपन्देहीमा भएका विकासका अभ्यास, कमजोरी तथा खोज अनुसन्धानका क्षेत्रमा जोड दिन आग्रह गर्दै उहाँले महासङ्घले अगाडि सारेका योजना पूरा गर्नका लागि आफ्नो तर्फबाट सधैँ सहयोग रहने आश्वासन दिए । यहाँका सञ्चारकर्मीले रुपन्देहीमा विकासका लागि गरिएका कामलाई छलफल र बहसको विषय बनाउन आग्रह गर्दै उनले कमजोरीलाईसमेत औँल्याएर सुधार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले महासङ्घको वर्तमान अवस्था र भावि योजनाबारे अर्थमन्त्रीलाई जानकारी गराए । महासङ्घले अघि सारेका योजनालाई सफल पार्न सके यहाँका सञ्चारकर्मी तथा सञ्चार गृहका लागि सफलता र अवसर सिर्जना हुनसक्ने जनाउँदै उनले सरकारकोतर्फबाट सहयोगका लागि आग्रह गरे ।

 

वि.सं.२०८१ माघ २१ सोमवार १०:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...