back

पारा एथलेटिक्स टोली दुबई जाने

वि.सं.२०८१ माघ २२ मंगलवार

192 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई प्रस्थान गर्ने भएका छन् । बुधबारदेखि आगामी फागुन २ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रतियोगितामा नवराज कार्कीले पुरुष चार सय मिटर र एक हजार ५०० मिटर दौड, विलिशा अर्यालले महिला एक सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्बेले महिला दुई सय र चार सय मिटर दौड तथा लङजम्पमा सहभागी हुने छन् ।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने बताइएको छ । टिम व्यवस्थापकमा साङ्बु भोटे, प्रशिक्षकमा ओलम्पियन बिमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।

टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, सदस्य अञ्जना श्रेष्ठ र पारा एथ्लेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली टोली भोलि दुबई प्रस्थान गर्नेछ ।

 

वि.सं.२०८१ माघ २२ मंगलवार १९:४० मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...