काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बुधवार सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८१ माघ २३ बुधवार १३:३४ मा प्रकाशित




























