back
CTIZAN AD

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै प्रहरी

वि.सं.२०८१ माघ २३ बुधवार

678 

shares

दमौली (तनहुँ) । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो ।

मुग्लिनबाट कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सडकको अवस्था र सवारी चालकको लापरबाहीका कारण दैनिक दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालनासम्बन्धी सचेतना जगाउन थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

उनले भने, “पृथ्वीराजमार्गका विभिन्न खण्डमा दुर्घटना बढेपछि न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । तीव्र गतिका कारण दुर्घटना बढेपछि सीमित गतिमा सवारी चलाउन र आवश्यक नियम पालना गर्न सोसम्बन्धी जानकारीसहित आग्रह गरेका छौँ ।”

उनका अनुसार ट्राफिक नियम, लेन अनुशासन, सडक सङ्केत तथा ट्राफिक लाइटहरूको सधैँ पालना गरौँ, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ तथा अन्य नशाजन्य पदार्थ सेवन नगरी सवारी चलाउन, सवारी चलाउनु अगाडि आफ्नो साधन ठीक छ/छैन जाँच गर्न, आफूभन्दा अगाडिको सवारीसँग दूरी कायम गर्न, क्षमता भन्दाबढी यात्रु तथा सामानहरू नबोक्न, तोकिएको स्थान (बस स्टप) मा मात्र यात्रुहरूलाई चढाउन र झार्न आग्रह गरिएको छ ।

सवारी चलाउँदा आफ्नो ध्यान सडकमा मात्र केन्द्रित गर्न, मोबाइल फोनको प्रयोग नगर्न, ठूलो आवाजमा रेडियो क्यासेटहरू नबजाउन, सवारी चलाउँदा तोकिएको गतिभन्दा छिटो नचलाउन आग्रह गरिएको छ ।

साथै मोटरसाइकल चालाउँदा अनिवार्य हेल्मेट प्रयोग गरी फितासमेत बाँध्न आग्रह गरिएको भन्दै उनले पैदल यात्रु, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सडकमा पहिलो प्राथमिकता दिन, रातको समयमा साइकल चलाउँदा टल्कने लुगाको प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए ।

मुग्लिन–पोखरा खण्ड विस्तारसँगै सडक फराकिलो बनाउने काम भइरहेको जनाउँदै प्रहरी उपरिक्षक शाहीले तीव्र गतिका कारण अत्यधिक दुर्घटना हुने गरेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए ।

जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । आव २०८०/८१ को सोही अवधिमा भएका दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।

जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले बताए । उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

सवारी दुर्घटनामा परी आव २०७९/८० मा २९, आव २०७८/७९ मा ४९, आव २०७७/७८ मा ४८, आव २०७६/७७ मा ४४ र आव २०७५/७६ मा ६० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।रासस

वि.सं.२०८१ माघ २३ बुधवार १४:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...