back

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

वि.सं.२०८१ माघ २३ बुधवार

261 

shares
GLOBAL IME AD
NTC AD

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । प्रहरीले बुधबार घटनामा बन्दुकधारी पनि मरेको र कुनै उद्देश्य स्थापित नभएको बताएको छ ।

“हत्यारा सहित ११ जनाको मृत्यु भएको छ”, स्विडेनका प्रधानमन्त्रीले देशको इतिहासको ‘सबैभन्दा खराब सामूहिक गोलीकाण्ड’ भनी वर्णन गरेको ओरेब्रो सहरमा मङ्गलबार भएको नरसंहारबारे प्रहरीले एएफपीलाई बतायो ।

स्विडेनमा विद्यालय आक्रमणहरू अपेक्षाकृत दुर्लभ छन् तर देशले प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान लिने गिरोह हिंसासँग सम्बन्धित गोलीकाण्ड र बम विस्फोटको सामना गरेको छ ।

धेरै स्विडेनी मिडियाले कालो पहिरन लगाएका बन्दुकधारीले वयस्क शिक्षा केन्द्र क्याम्पस रिसबर्गस्कामा आफैँमाथि गोली प्रहार गरेको बताएका छन् ।

प्रहरीले घाइतेहरूको सङ्ख्या वा उनीहरू कति गम्भीर छन् भन्ने बारेमा टिप्पणी गरेन तर दक्षिणी ओरेब्रो क्षेत्रले मङ्गलबार गोली लागी घाइते भएका छ जनालाई अस्पताल लगिएको बताएको छ ।

“गोलीकाण्डको कारण अझै थाहा भएको छैन तर सबै सङ्केतहरूले अपराधीले एक्लै, वैचारिक उद्देश्य बिना काम गरेको देखाउँछ”, ओरेब्रो प्रहरीले भन्यो ।

प्रहरीले मृतकको पहिचान वा उमेरका बारेमा न त तिनीहरू स्कुलका विद्यार्थी वा शिक्षक नै थिए कुनै जानकारी खुलासा गरेको छैन ।

यस्ता गोलीकाण्डहरू दुर्लभ भए पनि हालका वर्षहरूमा स्विडेनका विद्यालयहरूमा अन्य धेरै हिंसात्मक घटनाहरू भएका छन् ।

सन् २०२२ मार्चमा दक्षिणी सहर माल्मोमा रहेको माध्यमिक विद्यालयमा १८ वर्षीय विद्यार्थीले दुई शिक्षकको छुरा प्रहार गरी हत्या गरेका थिए ।

दुई महिनाअघि क्रिस्टियनस्टाडको सानो सहरको एक विद्यालयमा अर्को विद्यार्थी र एक शिक्षकलाई छुरीले घाइते बनाएको आरोपमा एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो ।

सन् २०१५ अक्टोबरमा पश्चिमी सहर ट्रोलहट्टनको एउटा विद्यालयमा तरवार चलाउने आक्रमणकारीले गरेको जातीय आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । उसलाई पछि प्रहरीले मारेको थियो । एएफपी/फाइल फोटो

वि.सं.२०८१ माघ २३ बुधवार १४:३६ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...