back
CTIZAN AD

प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा मणिप्रसाद अर्याल निर्वाचित

वि.सं.२०८१ माघ २४ बिहीवार

1.5K 

shares

स्याङ्जा । प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणिप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बुधवार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने, अर्का सह सचिवमा मुना न्यौपाने र कोषाध्यक्षमा गोपाल अधिकारी निर्वाचित भएका हुन् ।

यस्तै, सदस्यहरूमा राम बहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, यमकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) निर्वाचित भएका छन् । अधिवेशनले मोहन गुरुङ र कला रानालाई केन्द्रीय प्रतिनिधि, हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेललाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए । उनले उद्घाटन पश्चात् अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, सामाजिक सञ्जाललाई मर्यादित बनाउन र डिजिटल समाजमा अनुशासन कायम गर्न सरकारले सामाजिक सञ्जाल नियमन ऐन ल्याउन लागेको बताए ।

अधिवेशनमा पोलीट ब्युरो सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख टुकराज सिग्देल, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिता सुन्दास, केन्द्रीय सदस्य सिमा क्षेत्री, केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष मीन प्रसाद गुरुङ, प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, जिल्ला कमिटी अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’, उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भट्टराई, प्रचार विभाग प्रमुख एवं उपसचिव चिनमाया गुरुङ लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

वि.सं.२०८१ माघ २४ बिहीवार १२:१५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...