back
CTIZAN AD

राजस्व अनुसन्धानद्वारा मुद्दा दायर

वि.सं.२०८१ माघ २४ बिहीवार

690 

shares

वीरगञ्ज (पर्सा) । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदावी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘‘कार्यालयले चालु आवको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावद्ध मुद्दा मागदावी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’’ उनले भने, ‘‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’’

कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख सङ्कलन गरेको छ । जबकी गत आवको छ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।

कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३५ लाख सङ्कलन गरेको थियो । कार्यालयले चालु आवमा विदेशी बिनियम मुद्दा संख्या छ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या छ नै रहेको थियो ।

वि.सं.२०८१ माघ २४ बिहीवार १२:०३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...