काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
वि.सं.२०८१ माघ २५ शुक्रवार १२:२९ मा प्रकाशित




























