back

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

वि.सं.२०८१ माघ २५ शुक्रवार

225 

shares
GLOBAL IME AD
NTC AD

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए । उनले भने, “यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि रु १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।”

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका-४ स्थित गिडीदह, सिञ्जा-२ स्थित रनुखाना, हिमा-१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ ।

साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गरिने जानकारी दिए ।रासस

 

वि.सं.२०८१ माघ २५ शुक्रवार १४:२१ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...