back
CTIZAN AD

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

वि.सं.२०८१ माघ २५ शुक्रवार

723 

shares

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए । उनले भने, “यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि रु १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।”

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका-४ स्थित गिडीदह, सिञ्जा-२ स्थित रनुखाना, हिमा-१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ ।

साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गरिने जानकारी दिए ।रासस

वि.सं.२०८१ माघ २५ शुक्रवार १४:२१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...