काठमाडौँ । काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।
आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो ।
तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए ।
मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भइसकेको राउतले बताए । मानवीय क्षति नभएको ट्राफिकले जानकारी दिएको छ ।
वि.सं.२०८१ माघ २७ आइतवार १२:१२ मा प्रकाशित






























