back
CTIZAN AD

वालिङमा महिलालाई बीउ पाठी उपहार

वि.सं.२०८१ माघ २७ आइतवार

633 

shares

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय दिप्का बडहरे स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै वडा नं.५ का वडाअध्यक्ष छबी आलेले महिलाहरुलाई उत्पादनमा जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । वडाको सहकार्यमा परियोजना मार्फत विभिन्न कार्यक्रम भईरहेको भन्दै वडा अध्यक्ष आलेले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सवैको सक्रियता आवश्यक रहने बताए ।

कार्यक्रममा पूर्ब वडा अध्यक्ष ढाकाराम पंगेनीले सामान्य घरायसी खर्च आफैले जुटाउनु पर्ने बताए । समूहमा आवद्ध भएर काम गर्दा सहज हुने भन्दै भविष्यका लागि बचत गर्न समेत सुझाव दिए ।

समूहकी अध्यक्ष एकमाया मल्लले समूह गठनको छोटो समयमा नै सुधारिएको खोर निर्माण,नियमित बचत जस्ता काम सुरु गरिसकेको जानकारी दिए । महिलाहरु बिच सामुहिकताको भावनमा विकास गर्न कार्यक्रमले सहयोग गरेको उनको भनाई छ ।

कार्यक्रम अन्तरगत दिप्का बडहरे महिला स्वावलम्वी समूहका १७ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए ।

वि.सं.२०८१ माघ २७ आइतवार १२:३९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...