back

चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री देउवा

वि.सं.२०८१ माघ २८ सोमवार

837 

shares
GLOBAL IME AD
NTC AD

लम्की (कैलाली) । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन् ।

उनले भने, “राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।”

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताए ।

केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन गरेकी छन् ।

वि.सं.२०८१ माघ २८ सोमवार १३:१२ मा प्रकाशित

कान्द्रा नदीमा तटबन्ध निर्माण

कान्द्रा नदीमा तटबन्ध निर्माण

गोदावरी (कैलाली) । वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन...

भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता

भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता

बाजुरा । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

कारबाहीमा बाँकेका ६९ फर्म, १० लाखभन्दा बढी जरिवाना असुल

कारबाहीमा बाँकेका ६९ फर्म, १० लाखभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालू आर्थिक...

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...