back
CTIZAN AD

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

वि.सं.२०८१ माघ २८ सोमवार

4K 

shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलालई सोही दिशाबाट जाँदै गरेकाको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार मृत्यु हुनेमा विरुवा गाउँपालिका ७ घर भई हाल वालिङ नगरपालिका ९ क्याम्पस रोड बस्ने १६ वर्षीय शुशिल गुरुङ रहेका छन् ।

मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा ट्रकको बीचमा मोटरसाइकल पस्दा मोटरसाइकल पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए ।
उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएकोमा उनको उपचारको क्रममा राति ९ बजे डाक्टरले मृत घोषणा गरेको हो । प्रहरीले ट्रक चालकसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०८१ माघ २८ सोमवार १३:३८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...