back

अधिकारले पाउने सम्पत्ति तिम्रै उन्नतिका लागि छोडेकी छु : एलिना चौहान

वि.सं.२०८१ माघ २९ मंगलवार

6K 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग कानूनीरुपमा सम्बन्ध विच्छेद  गरेपश्चात फेसबुकको भित्तामा मार्मिक स्ट्याटस लेखेकी छन् । उनले विष्णुलाई बाँकी जीवनको शुभकामना दिँदै उनीसँग बिताएका सम्पूर्ण पल ताजा रहेको बताएकी छन् ।

स्ट्याटसमा उनले लेखेकी छन्, ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रङिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।’ उनले थपेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।  वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’

गायिका चौहानले फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह नभएको स्ट्याटसमार्फत दाबी गरेकी छन् । उनले भावुक मुद्रा लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।’

चौहानले आज देखी स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको भन्दै विष्णुकै उन्नति प्रगतिका लागि पत्नीका रूपमा अधिकारले आफूले पाउने सम्पत्ति छोडेको स्ट्याटसमा बताएकी छन् ।

वि.सं.२०८१ माघ २९ मंगलवार १६:४९ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...