back
CTIZAN AD

अधिकारले पाउने सम्पत्ति तिम्रै उन्नतिका लागि छोडेकी छु : एलिना चौहान

वि.सं.२०८१ माघ २९ मंगलवार

7.2K 

shares

काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग कानूनीरुपमा सम्बन्ध विच्छेद  गरेपश्चात फेसबुकको भित्तामा मार्मिक स्ट्याटस लेखेकी छन् । उनले विष्णुलाई बाँकी जीवनको शुभकामना दिँदै उनीसँग बिताएका सम्पूर्ण पल ताजा रहेको बताएकी छन् ।

स्ट्याटसमा उनले लेखेकी छन्, ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रङिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।’ उनले थपेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।  वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’

गायिका चौहानले फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह नभएको स्ट्याटसमार्फत दाबी गरेकी छन् । उनले भावुक मुद्रा लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।’

चौहानले आज देखी स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको भन्दै विष्णुकै उन्नति प्रगतिका लागि पत्नीका रूपमा अधिकारले आफूले पाउने सम्पत्ति छोडेको स्ट्याटसमा बताएकी छन् ।

वि.सं.२०८१ माघ २९ मंगलवार १६:४९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...