back
CTIZAN AD

रुकुममा एउटै परिवारका दुई जनाको हत्या, आरोपीको भीरबाट खसेर मृत्यु

वि.सं.२०८१ माघ ३० बुधवार

1.2K 

shares

काठमाडौँ । रुकुमपूर्वको भूमे गाउँपालिका–४ को साकिममा एकै परिवारका दुई जनाको हत्या भएको छ । मंगलबार दिउँसो २ बजेतिर ६० वर्षकी हजुरआमा ढाटी बुढा र ८ महिनाको नाति समिरको हत्या गरिएको हो ।

प्रहरीका अनुसार नातीलाई पिठ्यूमा बोकेर बाटोमा निस्किएका बेला छिमेकी ५३ वर्षीय चन्द्रसिङ पुनले धारिलो खुकुरीले प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । हत्या आरोपी बुढाका छिमेकी चन्द्रसिङ पनि घटनास्थलदेखि करिब आधा घण्टा पर मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी माधवराज खरेलले हजुरआमा र नातीकोे हत्याका मुख्य आरोपित पनि घटनास्थलदेखि केहि पर भीरको तल खोलामा मृत अवस्थामा भेटिएको जानकारी दिए । डिएसपी खरेलका अनुसार घटनापछि भागेका भनिएका पुन खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला परेका थिए ।

घर नजिकै बाटोमा सामान्य विवादको क्रममा चन्द्रसिंङले हजुरआमा र नातीलाई एकसाथ धारिलो हतियार प्रहार गरेर हत्या गरेका प्रत्यक्षदर्शीले बताएको इन्सपेक्टर हिमबहादुर केसीले जानकारी दिए । उनीहरुको हत्यापछि भाग्ने क्रममा आरोपी पुनको पनि भिरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ माघ ३० बुधवार १०:२२ मा प्रकाशित

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

काठमाडौं । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा...

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान...