back

‘लगानीको वातावरण बनाउन सरकार तयार’

वि.सं.२०८१ माघ ३० बुधवार

177 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताए छन् ।

मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को आज यहाँ आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवद्र्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताए ।

मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ । मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ ।

दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिनेछ ।

वि.सं.२०८१ माघ ३० बुधवार १९:१५ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...