back

आगलागीमा तीन जनाको मृत्यु

वि.सं.२०८१ माघ ३० बुधवार

294 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । ती आगलागीमा परेर अन्य तीन जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल विपद्का २४ घटनामध्ये आगलागीका १७, डढेलोका पाँच र वन्यजन्तु आक्रमणका दुई वटा घटना भएको जानकारी दिए ।

आगो ताप्ने क्रममा र खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर उक्त घटना भएका हुन् । प्रवक्ता डा भट्टराईले सोलुखुम्बू, दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगलागी भएको बताए । उता पाल्पामा बालकले गोठमा आगो लगाइदिँदै पाँच वटा बाख्रा र एउटा गाई मरेको छ ।

डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

वि.सं.२०८१ माघ ३० बुधवार २०:०९ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...