back

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

वि.सं.२०८१ फागुन १ बिहीवार

537 

shares
GLOBAL IME AD
NTC AD

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्राली.मा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिना भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो । यस प्रा.ली.मा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् ।

यस प्रा.ली.ले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

वि.सं.२०८१ फागुन १ बिहीवार १३:२७ मा प्रकाशित

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जकार्ता । दक्षिण-मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै...

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर...