back
CTIZAN AD

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

वि.सं.२०८१ फागुन १ बिहीवार

984 

shares

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्राली.मा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिना भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो । यस प्रा.ली.मा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् ।

यस प्रा.ली.ले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

वि.सं.२०८१ फागुन १ बिहीवार १३:२७ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...