back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ फागुन ३ शनिवार

942 

shares

बद्री उप्रेती, काठमाडौं

मन डढेको
देख्दैनन् नि कसैले
पीर गढेको ।१

सुनको थाल
दिए पनि चाहिन्न
नहाल जाल ।२

भन्नु परेको
मनभरि पीडाले
तल तरेको ।३

मुटु चर्केर
भएको छु बिराम
आऊ फर्केर ।४

कस्तो अछुतो
खान पल्क्यो चोरेर
छैन पछुतो ।५

प्रित लाएसी
पछि थाहा पाउँछौ
दुःख पाएसी ।६

मुटु साटेर
माया प्रेम कसैको
हुन्न ढाँटेर ।७

छल गरेर
कस्को आँट समात्न
बल गरेर ।८

भ्रष्ट मात्तेर
देश भयो बिरामी
रूँदै आँत्तेर ।९

मिठो बोलेर
सिक्दै छु म सुसेली
दिल खोलेर ।१०

वि.सं.२०८१ फागुन ३ शनिवार ०८:३४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...