back
CTIZAN AD

लघुकथा : हठ

वि.सं.२०८१ फागुन ३ शनिवार

1.8K 

shares

वसन्त अनुभव,घोराही, दाङ

‘अब त अति भो ! म तिम्रो कुरा सुन्दिनँ, बुझ्यौ ? एकपटक आफ्नो शरीर ऐनामा हेर त ! पहिले कस्ति थियौ, अहिले कस्ति भइसक्यौ ।’

‘हुन त हो, हजुर ! पैसा पनि थुप्रै खर्च भैसक्यो । शरीर पनि निकै गलेको छ । तर आफन्त अनि समाजले के भन्छ ? कुरा काटेर सजिलै बसिखान दिन्छ ?’

‘फजुलको कुरा छोड । मलाई तिम्रो स्वास्थ्यको चिन्ता छ नकि आफन्त अनि आडम्बरी समाजको । तिमीलाई राम्रोसँग थाहा छ नि ? यो तिम्रो छैटौं एवोर्सन हो । छोरी भएर के भो त ! के छोरी सन्तान हैनन् र ? प्लिज ! छोराको हठ त्याग ।’

‘तपाईँ जेसुकै भन्नुस्, एउटा छोरा नभइ त हुँदै हुँदैन । तपाईँलाई त के छ र ! कुरो त मैले सुन्नुपर्छ, अपहेलना मैले झेल्नुपर्छ । अस्ति आमाले तपाईँलाई ’अर्को बिहे गर छोरा !’ भनेर साउती गरेको मैले सुनेको छैन र ! यसरी जिउँदै मर्नुभन्दा छोराको निम्ति सङ्घर्ष गर्दै मर्छु ।’

 

वि.सं.२०८१ फागुन ३ शनिवार ०८:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...