back
CTIZAN AD

खानेपानी आयोजना सञ्चालन नहुँदा खोलाको पानी पिउन बाध्य स्थानीय

वि.सं.२०८१ फागुन ४ आइतवार

750 

shares

कटारी । उदयपुरको कटारी नगरपालिका-१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।

हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । “खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ”, स्थानीय ज्ञानबहादुर तामाङले भने, “लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ ।”

तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ । माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन । वर्षामा खोलामा वाढी आउँदा झनै पिउने पानीसमेत समस्या हुने गरेको स्थानीय रुद्रबहादुर राईले बताए । हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने उनले बताए ।

माथिल्लो खसिबासका ५०-६० घरमा पानीको समस्या छ । तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त छैन । खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेलाई वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने भएकाले समस्या रहेको स्थानीय बताउँछन् । चारैतिर चुरे वनले घेरिएको यो गाउँ पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्या रहेको स्थानीय बताउँछन् । रासस/फाइल फोटो

वि.सं.२०८१ फागुन ४ आइतवार ०७:३१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...