back
CTIZAN AD

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

वि.सं.२०८१ फागुन ५ सोमवार

660 

shares

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको भ्रमण गरेको छ । तालिबान अधिकारीद्वारा विरलै देशबाहिर भ्रमण गर्ने गरेको पाइन्छ ।

उच्च शिक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू सम्मिलित अफगान प्रतिनिधिमण्डल शनिबार काबुलबाट एक हप्ता लामो भ्रमणमा जापान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

“हामी बलियो, एकताबद्ध, उन्नत, समृद्ध, विकसित अफगानिस्तानका लागि र अन्तर्राष्ट्रिय समुदायको सक्रिय सदस्य बन्नका लागि विश्वसँग सम्मानजनक अन्तरक्रिया चाहन्छौं,” प्रतिनिधिमण्डलमा सहभागी अर्थ मन्त्रालयका उपमन्त्री लतिफ नजरीले शनिबार सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन् ।

तालिबान सरकारका अधिकारीले मध्य एसिया, रूस र चीनलगायत छिमेकी र क्षेत्रीय मुलुकहरूको नियमित भ्रमण गर्दै आएपनि ती मुलुकबाहेकका राष्ट्रमा विरलै भ्रमण गर्ने गरेका छन् ।

तालिबान अधिकारीले यसअघि ले सन् २०२२ र सन् २०२३ मा नर्वेमा हुने कुटनीतिक शिखर सम्मेलनका लागि औपचारिक रुपमा युरोपको भ्रमण गरेको थियो ।

काबुलमा रहेको जापानी दूतावास पूर्ववर्ती विदेशी समर्थित सरकारको पतन र सन् २०२१ मा तालिबानले कब्जा गरेपछि अस्थायी रूपमा कतारमा सारिएको थियो ।

यद्यपि, त्यसपछि यसले देशमा कूटनीतिक र मानवीय गतिविधिहरू पुनः सुरु गरेको छ । एएफपी

वि.सं.२०८१ फागुन ५ सोमवार १२:३७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...