back
CTIZAN AD

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वि.सं.२०८१ फागुन ५ सोमवार

618 

shares

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सरोकारवाला चनाखो बन्न आग्रह गरिएको छ ।

फागनु लागेपछि वन क्षेत्रमा हुने आगलागीका कारण विभिन्न समयमा धनजनको क्षति हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा आगलागी हुन नदिन सबैलाई अनुरोध गरिएको हो ।

डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार कार्यालय मातहतका सवडिभिजनलाई पत्राचार गरिसकिएको छ । सबै सवडिभिजनमा अग्नि नियन्त्रण समूह गठन गरी आगो निभाउन, अग्नी नियन्त्रण रेखा स्थापना गर्ने लगायतका काम भइरहेको उनले बताए । बरण्डाभार क्षेत्रमा बढी मात्रामा आगोको जोखिम रहेकाले सबै क्षेत्रमा अग्नि रेखा कायम गरी यसलाई स्थापित गर्न आग्रह गरिएको छ ।

स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीचको अन्तरक्रियासहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको उनले बताए । यसै अभियानका लागि कार्यालयले हरित स्वयंसेवक छनोटको काम सकेको उनले जानकारी दिए । वन रक्षकसहित हरित स्वयंसेवकले डढेलोका कारण हुन सक्ने क्षति न्यूनीकरण, डढेलो नियन्त्रणलगायत क्षेत्रमा काम गर्नेछन् ।

पौडेलले भने, “डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री समुदायस्तरमा पु¥याइएको छ भने केही पु¥याउन बाँकी रहेको छ । हरेक सवडिभिजन क्षेत्रमा रहेको नेपाल प्रहरी एवं सुरक्षाकर्मीहरूलाई अग्नि नियन्त्रक सामग्री उपलव्ध गराउने तयारी गरेका छौँ ।” पानीको ट्याङ्की, फायर स्वाटर, वाटर ब्याग, वाइन्डव्लोर लगायतका सामग्री खरिद गरी वितरणको प्रक्रिया सुरू गरिएको उनले बताए ।

वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदा चुरोट खाएर ठुटा ननिभाई फाल्ने, आगो लगाएर ननिभाई हिँड्ने जस्ता कार्यले गर्दा आगो बस्तीमा पस्ने गरेको उनले बताए । यसलाई रोक्नका लागि डिभिजन वन कार्यालयअन्तर्गत रहेका सामूदायिक वन, कवुलियती वन, धार्मिक वन र संरक्षित क्षेत्र परिषद्का उपभोक्तालाई सचेतनाका लागि अभियान चलाइएको उनले जानकारी दिए । वन कार्यालय मातहतमा ५४ हजार हेक्टरभन्दा बढी जमिनमा रहेको वन रहेको छ ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेको भन्दै उपभोक्तालाई सजग रहन आग्रह गरे । निकुञ्जको कूल क्षेत्रफल नौ सय ५२ दशमलव ६२ वर्ग किलोमिटर रहेको भए पनि मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न आउनेले आगो लगाइ दिँदा निकुञ्जको चुरे क्षेत्र बढी प्रभावित बन्ने गरेको उनले बताए ।

कतिपय स्थानमा निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि आफैँ डढेलो लगाउने गरेको भए पनि अनियन्त्रित डढेलोका कारण वन र वन्यजन्तुमा नकारात्मक प्रभाव पर्ने भएकाले डढेलो लाग्न नदिने उपायको बारेमा स्थानीय उपभोक्तासँग छलफल गरिएको उनले बताए । अहिले निकुञ्जमा फायरलाइन निर्माण, सरसफाइ, अग्नि नियन्त्रण सामग्रीको मर्मतलगायत काम भइरहेको उनले जानकारी दिए । निकुञ्जमा प्रयाप्त मात्रामा अग्नि नियन्त्रणका लागि सामग्री नभए पनि उपलब्ध सामग्रीबाट काम लिइँदै आइएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन ५ सोमवार १३:०४ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...