back
CTIZAN AD

एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन धार्मिक महोत्सव

वि.सं.२०८१ फागुन ७ बुधवार

813 

shares

दमौली (तनहुँ) । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन १५ गतेसम्म महोत्सव हुन लागेको हो ।

विसं १९६० को समयमा साँखे देवलमा दुई खोलाको सङ्गमस्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर पुजा गर्दै आएका स्थानीयहरू अहिले उक्त स्थानलाई धामका रूपमा विकास गर्न महोत्सवको तयारीमा जुटेका हुन् ।

शिवालय क्षेत्रका रूपमा परिचित यो मन्दिरमा बर्सेनि शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजन दूध चढाउन र रातभर जाग्राम बसेर ठाँडो बत्ती बाल्न सहभीगी हुने शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले बताए । उनका अनुसार यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ति हुने र मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाका साथै स्याङ्जाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरू, जन्ते ढुङ्गा क्षेत्र, सीतापाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरबार र मिलेनियम गुफालगायत पर्यटकीय स्थानको प्रवद्र्धन गर्न सहयोग पुग्ने उनकोे भनाइ छ ।

श्रृङ्गारिक महाआरतीसहितको धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पूजापाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचारप्रसर गर्ने लक्ष्य रहेको महोत्सव मूल समारोह समितिका संयोजक गङ्गाराम भट्टराईले जानकारी दिए ।

वि.सं.२०८१ फागुन ७ बुधवार १२:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...