back
CTIZAN AD

प्रकृतिलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना छुटे

वि.सं.२०८१ फागुन ७ बुधवार

963 

shares

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् ।

केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षा गार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको ओडिसा टिभीले उल्लेख गरेको छ ।

युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।

यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । पछि भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षा गार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो ।

नेपाली विद्यार्थीहरूले सिसिटिभी हेरेर आफूहरूलाई दुर्व्यवहार गर्ने अन्य व्यक्तिहरूमाथि समेत जाँच गर्न माग गरेका छन् । तर, यहीबिचमा अदालतको आदेशमा पक्राउ परेकाहरू धरौटीमा छुटेका छन् । ओडिसा प्रदेश सरकारले यो प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाइसकेको छ ।

वि.सं.२०८१ फागुन ७ बुधवार १७:०० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...