back
CTIZAN AD

ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा

वि.सं.२०८१ फागुन ८ बिहीवार

660 

shares

करापुटार (लमजुङ) । यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख वजेटमा पुननिर्माण गरिएको हो ।

गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित कुण्डको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकार ऐतिहासिक स्थलको संरक्षण गर्न प्रतिवद्ध रहेको बताए । इतिहासकारका अनुसार पार्वतीको दोस्रो नाम गौरीले अभिशेक गरेर महादेव उत्पन्न भएको स्थानमा सोही कुण्डको पानी लिएर जल अर्पण गरिएको हुनाले सो कुण्डको नाम गौरीकुण्ड रहेको किम्बदन्ती पाइन्छ । जहाँँदेखि श्रद्धालु भक्तजनले श्राद्धलगायत पूजापाठको लागि शुद्ध पानी लिएर महादेव मन्दिरमा चढाउने गर्दछन् । सन्तान नभएका महिला तथा पुरुष दुवैले शिवरात्रिको अवसरमा बत्ती बाल्ने प्रचलन छ र सन्तान प्राप्ति हुने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ ।

मध्यनेपाल नगरपालिका–७ का वडाध्यक्ष हीराबहादुर गुरुङले आर्थिक मामिलामन्त्री गुरुङलाई ईशानेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेका थिए । सन्तानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भारत बङ्गलादेश लगायतका हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहने जनाउँदै नजिकिँदै गरेको शिवरात्रि पर्वलाई मध्यानजर गर्दै भक्तजनलाई सजिलोका लागि गौरीकुण्डको निर्माण सम्पन्न गरिएको महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए ।

वि.सं.२०८१ फागुन ८ बिहीवार १४:१६ मा प्रकाशित

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...