back
CTIZAN AD

दलित मुक्ति मोर्चाको काठमाडौँमा विरोध प्रदर्शन

वि.सं.२०८१ फागुन ८ बिहीवार

1.4K 

shares

काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले देशव्यापी रूपमा दलित समुदायमाथि भएका छुवाछूत विभेद र हिंसाविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा दलित समुदायमाथि पछिल्लो चरणमा शृङ्खलाबद्ध रूपमा भइरहेका छुवाछूत, विभेद, उत्पीडन, हत्या, बहिष्कारविरुद्ध र दलित समुदायका आधारभूत मुद्दा र मागहरूलाई राज्यसत्तामा सम्बोधन गराउन दबाब दिने उद्देश्यले निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।

माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य तथा मोर्चाका फ्र्याक्सन इन्चार्ज परशुराम रम्तेलले निर्वाचन ऐन संशोधनको प्रक्रिया अहिले भइरहेको व्यवस्थाभन्दा पश्चगामी रहेको चर्चा गर्दै दलितहरूको सम्मानजनक प्रतिनिधित्वका लागि दलित मैत्री निर्वाचन प्रणालीको माग गरे ।

उनले दलितहरूका राज्यसत्ताका सम्पूर्ण क्षेत्र, निकाय र निकायमा विशेष अधिकारका आधारमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

मोर्चा अध्यक्ष तथा पूर्वमन्त्री दलजित श्रीपालिले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐन कानुनलाई बेवास्ता गर्ने कामहरू भइरहेको चर्चा गर्दै केपी ओलीको सरकार दलित विरोधी रहेको बताए ।

उनले अन्तरजातीय विवाह गरेका सत्येन्द्र नेहाको वैधानिक जोडीलाई छुटाउन प्रहरी प्रशासन र स्वयम् गृहमन्त्रीको संलग्नताप्रति भत्र्सना गर्दै छानबिन समिति बनाई दोषीलाई कारबाही गर्न र पीडित जोडीको सुरक्षाको माग गरे ।

आजको कार्यक्रममा मोर्चा सल्लाहकार तथा सभासद् विनोद पहाडी, महासचिव शङ्कर दुलाल, उपाध्यक्षहरू पदम विश्वकर्मा, अमर वि।क। र विनीता ओडलगायत केन्द्रीय पदाधिकारी तथा मोर्चा नेता कार्यकर्ताको सहभागिता रहेको थियो । विरोध कार्यक्रम भोलि फागुन ९ गते आयोजना हुने जनाइएको छ ।

 

वि.सं.२०८१ फागुन ८ बिहीवार १५:५२ मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...