back
CTIZAN AD

एनआरएनलाई वंशजको नागरिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

वि.सं.२०८१ फागुन ९ शुक्रवार

918 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली (एनआरएन)का लागि आर्थिक सामाजिक अधिकारसहितको नागरिकतामा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

एनआरएनएका अध्यक्ष बद्री केसीको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी गर्ने गर्ने प्रतिवद्धता जनाएका हुस् ।
एनआरएनए अध्यक्ष बद्री कसीका अनुसार प्रधानमन्त्री ओलीले भुपू गोर्खाजको समस्या समाधानका लागि समेत पहल भइरहेको बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले भने, ‘संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगका लागि यही हिउँदे अधिवेशनमै गैरआवासीय नेपाली ऐन संशोधन गर्ने सरकारको प्रतिबद्धता छ ।’

भुपू गोर्खाजको समान पेन्सन तथा अन्य सुविधाका लागी ब्रिटिश सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि नै गर्न नेपाल सरकार तत्पर रहेको प्रधानमन्त्रीको भनाइ उदृत गर्दै अध्यक्ष केसीले बताए । उनले गैरआवासीय नेपालीको बंशजको नागरिकता कÞायम राख्न नेपाल सरकार सकारात्मक रहेको बताए ।

गैरआवासीय नेपालीको लगानीलाई भित्र्याउन संस्थागत पहलका लागि एनआरएनए अध्यक्षलाई उद्योग वाणिज्य संवाद परिषदको पदेन सदस्य हुने व्यवस्था गरिएको र लगानी बोर्डमा समेत संघको प्रतिनिधित्व गराउनेमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

वि.सं.२०८१ फागुन ९ शुक्रवार १२:२८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...