back
CTIZAN AD

राडीपाखी बुनेर जीविकोपार्जन गर्दै किसान

वि.सं.२०८१ फागुन ९ शुक्रवार

960 

shares

काँक्रेविहार (सुर्खेत) । मुगुको छायानाथ रारा नगरपालिका-११, रोवागाउँका जीतबहादुर बुढाले आफ्नै घरमा राडीपाखी बुनिरहेका छन् । राडीपाखी बेचेर घरखर्च टार्दै आएको उनले टेलिफोनमा बताए ।

उद्यमी बुढा मात्र होइन रोवा गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् ।

कृषिकर्मबाट मात्र हातमुख जोर्न नपुगेपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्बल, फेरुवा, पाखी, बुनेर उनीहरुले जीविकोपार्जन गरिरहेका छन् ।

स्थानीय बजारमा कम्बल र पाखी रु तीन हजारदेखि तीन हजार ५०० र फेरुवाको रु चार हजारमा बिक्री हुन्छ  । सिजनमा राडीपाखीबाट रु २० हजारसम्म कमाइ हुने उनको भनाइ छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ  ।

नगरपालिकाको रोबा¥याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकांश परिवारको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन्  । गाउँका महिलाले राडीपाखा बुन्छन्  । पिना, मुन्दु, कोटिला गाउँका अधिकांश स्थानीय राडीपाखी बुनाइमा लागेको वर्षौं भइसक्यो । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ  । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।

एउटा फेरुवा र कम्बल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगञ्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने उनले बताए ।

भेडाको ऊनबाट गलैँचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । जिल्लामा रु पाँच हजार ५०० मा बिक्री हुने राडीपाखी सहरमा रु आठ हजारसम्ममा बेचिने गरेको छ ।

 

वि.सं.२०८१ फागुन ९ शुक्रवार १३:१३ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...