back
CTIZAN AD

नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ

वि.सं.२०८१ फागुन ९ शुक्रवार

753 

shares

काठमाडौँ । नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन् ।

विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा-६ मुलपानीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । काठमाडौं महानगरपालिका–३१ जागृतीनगर बस्ने कृष्ण केसीको घरबाट सुनका विभिन्न गरगहनाहरू गरी करिब ४ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–२ सानोभ¥याङ डेरा गरी बस्ने पाल्पा रामपुर नगरपालिका–१० घर भएकी संगिता पन्थीको कोठाबाट सुनका विभिन्न गरगहनाहरू गरी करिब २ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

वि.सं.२०८१ फागुन ९ शुक्रवार १३:११ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...