back
CTIZAN AD

सोहिजनका बोट सेताम्य फूलेपछि किसान खुसी

वि.सं.२०८१ फागुन ९ शुक्रवार

1K 

shares

महोत्तरी । सोहिजनका बोट (रुख) सेताम्य फूलेपछि यहाँका किसान खुसी भएका छन् । बोलिचालीमा मुन्गा भनिने यो तरकारीको मधेसको मिथिला क्षेत्रमा विशेष महत्व छ ।

“यसपालि सोहिजन राम्रो फुलेको छ, पूmलअनुसार फल लागे मनग्गे आम्दानी लिन सकिन्छ”, बर्दिबास–२ ओमशान्ति चोकका भोला महतो भन्छन्, “ वैशाखमा त बजार पु¥याउन नपाउँदै बिक्री हुन्छ ।” मिथिलाक्षेत्रमा वैशाख सङ्क्रान्तिमा मनाइने जुडशीतल पर्वमा यसबाट विशेष परिकार बनाउने चलन छ ।

माघमा फुल्ने र चैत अन्तिमतिर फल्ने सोहिजन बजारमा रुचाइने तरकारीमा पर्छ । हाँगा काटेर पाखो जग्गा र खेतका आलीमा गाडेर मात्रै पनि सोहिजनको खेती गर्न सकिन्छ । “न गोडमेल चाहिने, न अरु बालीलाई जस्तो स्याहार चाहिने, सामान्य रेखदेखमात्रमै यो हुर्काउन सकिन्छ”, भङ्गाहा–४ रामनगरका जुगल सदा मुसहर भन्छन्, “घर पछाडि दुई÷तीन वटा बोट छन्, बर्सेनि यसको बिक्रीबाट रु ८÷१० आम्दानी हुन्छ ।”

पछिल्लो समय यसको माग बढ्न थालेपछि किसानहरु पनि व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । मौसमी तरकारी मानिने सोहिजन अब बा¥हैमास फल्ने पनि बाक्लै बढ्दै गएको यहाँका किसानको भनाइ छ । “पहिले त पाँच÷छ वटा बोट थिए, पछिल्ला पाँच वर्षयता बर्सेनि अलिअलि बढाउँदै अहिले २५ वटा पु¥याएको छु”, भङ्गाहा–५ भूचक्रपुरका किसान भगलु महतो भन्छन्, “अन्य कुनै बालीभन्दा यसबाट बढी नगद लिँदै आएको छु ।”

सोहिजनको तरकारी गुणकारी भएकाले मैथिल भान्सामा यसको उच्चस्थान रहेको स्वास्थ्यविज्ञ बताउँछन् । “यो गुणैगुणले भरिपूर्ण छ, यसको सेवनका धेरै फाइदा छन्”, वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्छन्, “मूत्रविकारको समस्यामा यो उपयोगी मानिन्छ ।” लोहतत्व (आइरन), फोलिक एसिड र भिटामिन बी–१२ प्रचूर मात्रामा हुने सोहिजन शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन, नशा बाउडिने रोग निदान गर्न, मधुमेह नियन्त्रण गर्न, छालासम्बन्धी समस्या हटाउन र गर्भमा रहेको बच्चाको शारीरिक विकासका लागि राम्रो मानिन्छ ।

तरकारीमा पूmल, कलिलो मुन्टा र लामो डोलो कोसा हुने फल प्रयोग गरिँदै आइएकोमा पछिल्ला वर्षमा यसको छिप्पिएको पातको पनि महत्व बढ्न थालेको छ । घरघरकै जस्तो समस्या बनेको मधुमेह रोग नियन्त्रणका लागि सोहिजनका पातको धुलो खाने प्रचलन बढ्दै जाँदा यसको महत्व झनै बढेको हो ।

अहिले ठूलाठूला आयुर्वेदिक औषधि कम्पनीले सोहिजनको पातको ‘मोरिङ्गा पाउडर’ बनाएर राम्रो मूल्यमा बेचिरहेका छन् । यी कम्पनीले काम बढाउँदै लाँदा बस्तीबस्तीमा अब सोहिजनको पात खोज्ने व्यापारी घरघरै आउने गरेका गौशाला–१२ पडरियाका योगेन्द्र दास बताउँछन् ।

सरकारले मधेसमा यसको व्यावसायिक खेती गर्नेलाई बीउ र अन्य आवश्यक सुविधा दिनसके किसानका लागि यो आम्दानीको राम्रो स्रोत बन्न सक्ने बर्दिबास–८ का वडाअध्यक्ष शमशेरसिंह लामाको भनाइ छ । यसभेगका किसानले अब तीनै तहका सरकारसँग सोहिजन खेतीलाई उकास्न सहयोग गर्नुपर्ने बताएका छन् ।रासस/फाइल फोटो

वि.सं.२०८१ फागुन ९ शुक्रवार १४:३७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...