एक नारायण चापागाईं, दाङ
मस्त लाग्छन् नयन के भयो के भयो
हुन्छ भित्रै जलन के भयो के भयो
हल्लिएका कतै पात छैनन् कुनै
चल्न छाड्यो पवन के भयो के भयो
लुप्त बन्दै गए जून ताराहरू
मेहरोले गगन के भयो के भयो
मर्न थाले त्यसै उम्रदै पालुवा
मौसमी हो सिजन के भयो के भयो
रोग बढ्दै गएदेखि यो अङ्गमा
भित्रभित्रै पतन के भयो के भयो
बहर : मुतदारिक मुसम्मन सालिम
अर्कान : फाइलुन् फाइलुन् फाइलुन् फाइलुन्
वजन : २१२ – २१२ – २१२ – २१२
काफिया : अन
रदिफ : के भयो के भयो
अभ्यास : परिश्रमी पाठशाला
वि.सं.२०८१ फागुन १० शनिवार ०५:१३ मा प्रकाशित






























