भूपाल अधिकारी, बिराटनगर
१.
कुनै धर्मशालाको खाट होइन
स्वाभिमान बेच्ने हाट होइन
जिउँदा मान्छेहरू जलाउने,
यो देश मसानघाट होइन ।
२.
उसले नदिएको उत्तर सञ्जयले दिन्छ
सञ्जयले पनि नदिएमा उदयले दिन्छ
जड बन्छ अरूका कटाक्षहरू सुन्दै जो,
तिनै मौन बस्नेको जबाफ समयले दिन्छ।
३.
सधैँ लिन्छिन् बालकको अड्डी जस्तो
खेलौँ न खेल भन्छिन् कबड्डी जस्तो
प्रेम गर्न थाल्छिन् जब उनले मलाई,
कोही आई पुग्छ कबाफमा हड्डी जस्तो।
४.
काली मात्र हैन गोरीहरू नै अचम्भित बनूँन्
साधु सन्त र अघोरीहरू नै अचम्भित बनूँन्
तिम्रो प्रेम यस्तो होस् की आफ्नो धर्म भुली,
विष तेजाब र डोरीहरू नै अचम्भित बनूँन्।
५.
भाँडा अड्याउने चम्का नभई चुलो हुन् सक्दैन
त्यस्तै छेउ छेउमा बाँध नबाँधी कुलो हुन् सक्दैन
हे फुटाओ और राज करो भन्ने मन्त्र जप्नेहरू हो,
फुटेको परिवार र समाज कहिले ठुलो हुन् सक्दैन ।
वि.सं.२०८१ फागुन १० शनिवार ०५:१४ मा प्रकाशित





























