सुधिर थापा, काठमाडौं
हराए छ हाँसो अधरमा हजुरको
छु देख्दै निराशा नजरमा हजुरको
छुट्यो साथ हाम्रो न भेट्दा किनारा
डुबाएर डुङ्गा लहरमा हजुरको
भयो युद्ध कस्तो सधैं प्रेम भित्र
छु सङ्ग्राम लड्दै समरमा हजुरको
रहेको छु टाढा हजुरबाट छुट्दा
भएको छु एक्लै बगरमा हजुरको
न गन्तव्य हाम्रो न उद्देश्य राख्यौँ
हराए छ बाटो सफरमा हजुरको ।
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
वि.सं.२०८१ फागुन १० शनिवार ०५:१५ मा प्रकाशित





























