back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ फागुन १० शनिवार

1.1K 

shares

सुरेशकुमार पाण्डे, दाङ ,घोराही

१.
धनको कमाल हेरौँ
अपराधीले पाउँछ छुट
बेथितिको विरुद्ध केरौँ ।

२.
स्वतन्त्र हुन्छन् दागी
पैसाको चलखेल हुँदा
जेलमा सड्छन् अभागी ।

३.
सन्देश कस्तो जाला
चोरको हातमा चाबी
घुसखोर भए रखवाला ?

४.
शब्द उनेर माला
झिल्काको फुल्दछ फूल
सुवास छर्दै जाला ।

५.
देश भो युवाविहीन
व्यवस्था हेर्दा यहाँको
लाग्दछ सधैँ घिन ।

६.
पृथ्वी जयन्ती राम्रो
एकताको सन्देश जाला
विश्वको सामु हाम्रो ।

७.
पृथ्वी एकीकरणका दाता
उनका बाबु नरभुपाल
कौशल्यावती थिइन् माता ।

८.
साझा झन्डा उठाऔँ
अखण्ड देशका लागि
राष्ट्रिय गीत गाऔँ ।

९.
आमूल परिवर्तन गरौँ
झुक्दै नझुक्ने वीर
देशको लागि मरौँ ।

१०.
जहाँ जाउँ हामी
एउटै आमाका सन्तान
मिलेर बसेको दामी ।

वि.सं.२०८१ फागुन १० शनिवार ०५:१६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...