back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ फागुन १० शनिवार

1.1K 

shares

कमला देवकोटा, पाल्पा

१.
लेखौँ सुसेली
सहिदको सपना
काव्य ओकली ।

२.
कोही झुन्डिए
कोही गोली खाएर
ठहरै भए ।

३.
कस्तो दुःखद
सहिदका सपना
अधुरै भो त ।

४.
नेता मोटाए
जनताका करले
पेट बढाए।

५.
लोक तन्त्रको
धज्जी उड्यो सत्तामा
डुब्यो भत्तामा ।

६.
सुशासन खै ?
जनताको चाहना
दुख्यो भावना।

७.
भ्रष्ट आचार
सहकारी बण्डामा
परे फन्दामा।

८.
स आदतको
गुम्यो मान मर्यादा
गणतन्त्रको।

९.
उत्तरायण
आज दिन लामो भो
जाडो त भाग्यो ।

१०.
पानी परेमा
चास वृद्धि हुँदो हो
यो बसन्तमा ।

वि.सं.२०८१ फागुन १० शनिवार ०५:१७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...