back
CTIZAN AD

कविता : अविरल बग्दैन मानव रगतको बाढी

वि.सं.२०८१ फागुन १० शनिवार

1.1K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं

तिमी
त्यो कुर्चीमा बस्छौ
त्यो भन्दा ठुलो कुर्ची मेरो देशमा छैन

तर
त्यो कुर्चीमा तिमी बसुन्जेल
मलाई लाग्दैन
मेरो देशको स्वाभिमान अग्लिँदै जान्छ

महोदय
त्यो त्यही अग्लो कुर्ची हो
त्यहाँ बसेर तिमी
देशको अस्मितामा सम्झौता गर्छौ

तिमीलाई त्यही कुर्चीमा बसाउन
यो बाटोमा
यो माटोमा
कति रगत बग्यो सुकुलमा बस्नेहरूको
फर्केर हेर त आँखामा दृश्यहरू
र तिमी त्यहाँ बस्यौ

बिडम्बना
त्यो अग्लो कुर्चीमा तिमी बसेपछि
तिम्रो कुर्चीभन्दा तल बस्नेहरूको रगत
फेरि बगेकै छ

महाशय
हुन त
यो गोलो र गतिशील पृथ्वीमा
यो देशको माटोमा
त्यो कुर्ची कहिल्यै बदलिँदैन
परन्तु
तिमी अगाडि पनि त्यो कुर्चीमा कोही बस्थ्यो
तिमी पछि पनि कोही बस्ने छ

ऋतु बदलिए जस्तै
समय बदलिन्छ
तिमीलाई त्यो कुर्चीमा बसाउन रगत बगाउनेले
कुनैदिन
तिमीलाई लडाउन
त्यो कुर्चीबाट तिमीलाई हटाउन
फेरि रगत बगाउने छन्

यत्ति सम्झ
महासागर जस्तो
मानव रगतको बाढी
अविरल बग्दैन ।

 

वि.सं.२०८१ फागुन १० शनिवार ०५:१८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...