back
CTIZAN AD

कविता : सम्झने पलहरू सम्झिदिनु

वि.सं.२०८१ फागुन १० शनिवार

993 

shares

समीप बैरागी, रोल्पा

जान मन त पटक्कै छैन मलाई
र,पनि जानैपर्ने भयो
पुर्खाहरू हिँडेको बाटो, पुर्खाहरू पुगेकै ठाउँ सम्म ।

थुप्रै होलान् सम्झने पलहरू सम्झिदिनु
थुप्रै होलान् बिर्सने क्षणहरू बिर्सिदिनु ।

केही सपनाहरू अँधुरै रहने भए
जस्तो कि –
अँधुरो हुन्छ
कलाकृतिको मध्य भागबाट
प्याराग्राफ छुटि गएको कथा ।

केही आशाहरू अँधुरै रहने भए
जस्तो कि –
अँधुरो हुन्छ
कविले एकदिन पूरा गर्छु भनेर
विम्बको खोजी गर्दागर्दै
हुरीसँग उडि गएको कविताको हरफ ।

भेटिनु र छुटिनु सृष्टिको रीत हो
मैले सहर्ष स्वीकार गरेको छु ।

छुट्ने वाला छन् –
डाँफे, मुनाल खेल्ने बर्फिला पाटनहरू
मलाई छातीमा राखेर
मेरै जीवनको वेदना सुसाइरने पातलहरू
जस्तो कि –
छुटि जान्छ
रातको आगमनमा क्षितिजको निधारबाट – घाम ।

छुट्ने वाला छन् –
मेरा पैतालाहरूले चुमेका
उकाली ÷ ओरालीहरू
भिर पाखाहरू ÷ देउराली भन्ज्याङहरू
जस्तो कि –
छुटि जान्छ
खडेरीमा डालीबाट फूलको थुङ्गो ।

छुट्ने वाला छन् –
हृदयले हृदयसँग साउती मार्ने – प्रेमिल साँझहरू
संघर्षको पाइला चाल्न सिकाउने
प्रेरणादायी सुनौला बिहानहरू
जस्तो कि –
छुटि जान्छ
अँध्यारोमा आफ्नो छाया आफैबाट ।

छुट्ने वाला छ्न् –
आँसु, हाँसो बिसाएका चौतारीहरू
घर परिवारहरू / प्रिय साथी संगीहरू
जस्तो कि –
छुटि जान्छ
बिधवा चेलीको ओठबाट खुशीको मुस्कान ।

लागेको थियो –
मेरो आँखाबाट प्रिय मानिसहरू नछुटुन्
उनीहरूको आँखाबाट म नछुटुँ
तर मिच्न नसकिँदोरहेछ – बिधिको बिधान ।

जीवनको अन्तिम घडीमा छु
एकैछिनमा –
छुट्ने वाला छ, मेरो आँखाबाट यो संसार
र, संसारको आँखाबाट म छुट्ने वाला छु ।

वि.सं.२०८१ फागुन १० शनिवार ०५:१९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...