back
CTIZAN AD

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिको कार्यान्वयनमा जोड

वि.सं.२०८१ फागुन १२ सोमवार

708 

shares

भेरीगङ्गा (सुर्खेत) । सुर्खेत अधिकारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिलाई कार्यान्वयनमा जोड दिएका छन् ।
युएनपिआरपिडी र युएनडिपीको साझेदारीमा बौद्धिक अपाङ्गता अभिभावक महाङ्घ नेपालले आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०८० ले व्यवस्था गरेका विषयमा बौद्धिक अपाङ्गता महासङ्घका पूर्व अध्यक्ष एवं अधिवक्ता मुकुन्दहरि दाहालले जानकारी गराएका थिए । उनले यो नीतिले समग्रमा अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा पहुँच पु¥याउन योगदान पुग्ने जनाउँदै कार्यान्वयन पक्ष दरिलो हुनुपर्छ भने ।

यसैबीच, सहभागीहरुले कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै ऐन आवश्यक रहेको औँल्याएका छन् । कोशिष नेपाल सुर्खेतका प्रमुख सूर्य भट्टराईले अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिले मात्रै सबैको भावनाको प्रतिनिधित्व गर्न नसक्ने जनाउँदै प्रदेशले आफ्नै नीति बनाउन आवश्यक रहेको औँल्याए । “यो नीतिले कर्णाली प्रदेशका अपाङ्गता भएका सबै व्यक्तिको भावनालाई समेट्न सक्दैन, उनले भने, यसको कार्यान्वयनसँगै प्रदेशमा छुट्टै नीति आवश्यक देखिन्छ ।”

अपाङ्गता अधिकारकर्मी सुरेश खड्काले नीति कानुन बन्नु राम्रो भएको जनाउँदै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिए । नेत्रहीन युवा सङ्घ सुर्खेतका अध्यक्ष आशिष अधिकारीले कर्णाली प्रदेशले पनि अपाङ्गतासम्बन्धी नीति बनाउँदा निःशुल्क शिक्षा र हरेक क्षेत्रमा सहभागितालाई सुनिश्चित गर्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका अधिकृत मानबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिको लागि प्रदेशका सबै कार्यालयमा पहुँचयोग्य भवन नभएको बताए ।

उनले अपाङ्गताको अधिकारका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन र पैरवी गर्दै आएको जानकारी गराए । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै नीति बनाउने प्रतिबद्धता जनाए । उनले अपाङ्गता भएका व्यक्तिलाई व्यवसायमा जोड्नेगरी नीति बनाउनुपर्ने भन्दै अब उत्पादनसँग जोडिएर काम गर्न सुझाव दिए । अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०८० पुस ९ गते मन्त्रिपरिषदबाट स्वीकृत भई लागू भएको हो ।

कानुनी प्रबन्ध, संस्थागत सुधार तथा क्षमता विकासका माध्यमबाट राज्यका तीनवटै शासकीय तहमा समावेशी एवं समातामूलक प्रणालीको विकास गर्ने, भौतिक संरचना यातायात सेवा, साधनस्रोत र सूचना प्रविधिलाई पहुँचयुक्त बनाइ अपाङ्गता भएका व्यक्तिलाई समाजमा प्रभावकारी रुपमा समावेशीकरण गर्ने लगायतका नीति लिइएको छ । रासस/सांकेतिक फोटो

 

वि.सं.२०८१ फागुन १२ सोमवार ०८:४८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...