back
CTIZAN AD

देवचुलीमा ३७८ जनामा परीक्षण गर्दा ४ जनामा क्षयरोग पुष्टि

वि.सं.२०८१ फागुन १२ सोमवार

1K 

shares

नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं १५ को कार्यालयमा एक्स-रे द्वार छाती रोग सम्बन्धी खोजपड्ताल शिविर सम्पन्न भएको छ । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोग, प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपुरको समन्वय र देवचुली नगरपालिकाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

‘आर्थिक विकास र स्वरोजगार ः समृद्ध देवचुलीको आधार’ समय अबको, क्षयरोग अन्त्यको, क्षयरोग अन्त्यको लागि लगानी बढाऔँ, जीवन बचाऔँ, भन्ने मुख्य नारासहित देवचुली १५ स्थित वडा कार्यालयमा शिविर आयोजना गरिएको हो ।

नगरपालिकाले देवचुलीमा क्षयरोग निर्मूलको लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको र जति सक्दो छिटो देवचुली नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका घोषणा गर्न अगाडी बढिरहेको जानकारी दिन शिविरको आयोजना गरेको हो ।

शिविरमा वरिष्ठ पेट, मुटु तथा छाती रोग विशेषज्ञ डा.प्रमोद भट्टराई नेतृत्वको समूहले क्षयरोग (छाती रोग) को एकाइ एक्स-रे प्रविधि द्वारा निःशुल्क चेक जाँच गरेको थियो ।

तीन सय ७८ जनाको परीक्षण गरिएकोमा चार जनामा क्षयरोग प्रमाणित भएको थियो ।  पैँतालिस जनाको खकार परीक्षणका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल कावासोती पठाइएको छ ।

शिविरमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रादेशिक क्षयरोग केन्द्र पोखराका फोकल पर्सन राजेन्द्र रानाभाट, देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, अधिकृत अविनाश पन्थी, सि अ.न.मी निरीक्षक सिता न्यौपाने, १५ वडाका सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय आमा समूह, स्वास्थ्य स्वयंसेवकको उपस्थिति थियो ।

कार्यवाहक वडा अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन देवचुली नगरपालिका स्वास्थ्य शाखाका सि अ हे व अधिकृत शिव प्रसाद पराजुलीले गरेका थिए ।

वि.सं.२०८१ फागुन १२ सोमवार १०:१७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...