back
CTIZAN AD

नवलपरासीमा युवाहरुबिच झडप, प्रहरीको गाडी जलाइयो

वि.सं.२०८१ फागुन १३ मंगलवार

570 

shares

काठमाडौँ। नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप भएको छ ।
स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । प्रहरीका अनुसार झडपपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ ।

आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट एक कवार्ड गोदाममा समेत क्षति पुगेको छ । झडपमा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । दुई समुदायका युवा युवतिबीच प्रेम विवाह भएको विषयले विवादको रुप लिँदा झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ बिबाहित धोवी थर भएका युवकका भाइ काम विशेषले बेलासपुर आउँदा सोवराती पवरियासहितको समूहले कुटपिट गर्दा झडप भएको हो । मंगलबार बिहान कुटपिटको कारण सोध्दै केटा पक्षको युवतीका माइती पक्षको घरमा पुग्दा दुई समूहबीच झडप सुरु भएको प्रहरीद्ये जनाएको छ ।

दुई समूहबीच झडप हुँदा केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि गाडी दौडाउँदा दुई जना घाइते भएको र घाइते केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झडपलाई नियन्त्रणमा लिन ५० जना प्रहरी खटाइएको छ ।

वि.सं.२०८१ फागुन १३ मंगलवार १५:१७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...