back
CTIZAN AD

बोलिभियामा दुई बस ठोक्किएपछि कम्तीमा ३७ जनाको मृत्यु

वि.सं.२०८१ फागुन १८ आइतवार

690 

shares

ला पाज । बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो ।

पोटोसी विभागमा उयुनी सहर नजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, “हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौँ ।” अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित छ जना विदेशी नागरिक थिए । अन्य सात नाबालकको पनि मृत्यु भएको छ । दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो ।

यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ जाँदै थियो । ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सवहरू मध्ये एक हो ।

पोटोसी अभियोजक गोन्जालो अपारिसियोले राज्य–सञ्चालित समाचार एजेन्सी एबिआईलाई एक बसका चालकले मदिरा सेवन गरेको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको सवारीसँग ठोक्किएको बताए । “हालसम्म थाहा भएअनुसार एक बसका चालक मादक पदार्थको प्रभावमा थिए”, उनले भने ।

यसअघि एक अधिकारीले गम्भीर अवस्थामा दुर्घटनाबाट बाँचेका एक चालकको ‘रक्सीको गन्ध’ भएको र त्यसैले रक्त परीक्षण गरिएको बताए ।

बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब एक करोड २० लाख जनसङ्ख्या भएको देशमा सडक दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको मृत्यु हुने गरेको छ ।

बोलिभियन अब्जरभेटरी अफ सिटिजन सेक्युरिटीका अनुसार दक्षिण अमेरिकी यस देशमा मृत्यु भएका सबै ट्राफिक दुर्घटनाहरूको १०.६ प्रतिशत पोटोसीमा हुने गर्छ ।

प्रहरी प्रतिवेदनअनुसार शनिबारको ठक्करअघि यस वर्ष पोटोसीमा मात्र ६४ व्यक्तिको ट्राफिक दुर्घटनामा मृत्यु भएको थियो ।

दक्षिणी बोलिभियामा यात्रु बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको दुई हप्ताभन्दा पनि कम समयमा शनिबारको दुर्घटना भएको हो ।

यो दुर्घटना पोटोसी र ओरुरो सहरबीचको एक साँघुरो दुईतर्फी सडकमा भएको थियो । यहाँ बाटो लगभग आधा माइल गहिरो खोँचको किनारैकिनार लगेको छ ।

अधिकारीहरूका अनुसार दुर्घटना सम्भवतः अति गतिका कारण भएको थियो र चालकले बसलाई नियन्त्रण गर्न सकेका थिएनन् ।

जनवरीमा पोटोसी नजिकैको सडकबाट बस पल्टिँदा थप उन्नाइस जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा चालकलाई खतरनाक ड्राइभिङका कारण मृत्यु भएको शङ्कामा गिरफ्तार गरिएको थियो । एएफपी/सांकेतिक फोटो

वि.सं.२०८१ फागुन १८ आइतवार १४:२६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...