back
CTIZAN AD

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार

वि.सं.२०८१ फागुन १९ सोमवार

516 

shares

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।

स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो ।

पुरातत्व विभागले पुरानैस्वरुपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार तथा रङरोगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

विसं २०७२ को भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेको थियो । प्रताप मल्लले निर्माण गरेको ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदास्थल हुन् ।

राजा प्रताप मल्लले आफ्नो नामबाट सो मन्दिरलाई प्रतापपुर राख्न लगाएका थिए भने रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गराएको इतिहास पाइन्छ ।

त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्त्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । ती सम्पदाको यसअघि आगलागी र चट्याङका कारण क्षति पुगेपछि जीर्णोद्धार गरिएको थियो । महासमितिले स्थानीय जात्रा पर्व मेला सञ्चालन तथा स्वयम्भू क्षेत्रको जङ्गल संरक्षणका लागि बिरुवा रोप्ने तथा पार्कको सजावट गर्दै आएको छ ।

महासमितिका इञ्जिनियर राजेश सुवालले करिब २० लाखको लागतमा ती सम्पदाको जीर्णोद्धार गरिएको बताउँदै महाचैत्य आसपास क्षेत्रमा रहेको अन्य सम्पदा मर्मतका लागि अध्ययन भइरहेको जानकारी दिए । रासस/फाइल फोटो

वि.सं.२०८१ फागुन १९ सोमवार १२:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...