back
CTIZAN AD

विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

वि.सं.२०८१ फागुन १९ सोमवार

585 

shares

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सभामा सो विधेयकमाथि विचार गरियोस् भनी गरेका प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएपछि सैद्धान्तिक छलफल सुरु भएको थियो ।

सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुर लिङ्थेपले आम नागरिकमा प्रवाह हुने सेवालाई अझ सहज एवं चुस्त पार्न यो विधेयक संशोधन गर्नु आवश्यक रहेको चर्चा गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रदेश विपद् व्यवस्थापन ऐन, प्रदेश निजामती कर्मचारी ऐन र सहकारी ऐनमा भएको व्यवस्थाले केही समस्या उत्पत्र भएकाले संशोधन गर्नु परेको बताउनुभयो । उहाँले ऐनमा भएका कमी कमजोरीले नागरिकको सेवामा पनि प्रभाव पारेकाले संशोधन गर्नु परेको धारणा राखे ।

आजको बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, किशोरचन्द्र दुलाल, मीना श्रेष्ठ र रमेशकुमार बस्नेतले मुलुकको समसायिक विषयमा धारणा राखेका थिए ।

आज बिहान ११ बजे सञ्चालन हुने भनिएको सभा केही ढिला सुरु भई १२ः३० मा १५ मिनेटका लागि स्थगन भएको बैठक पुनः १ बजे सञ्चालन भएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि मध्याह्न १२ः३० बजे बस्नेछ ।

 

वि.सं.२०८१ फागुन १९ सोमवार १५:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...