काठमाडौँ । ललितपुरको टिकाथलीमा खानेपानीको बोरिङ्ग खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । महालक्ष्मी नगरपालिका– ५ गोदावरी खोला नजिक खानेपानी बोरिङ्गको पाइप गाडेको ठाउँबाटै आगोको ज्वाला निस्किएको हो ।
बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए ।
करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । स्थाअहिलेछ्यापेर आगो निभाउने प्रयास भइरहेको । तर, आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।
वि.सं.२०८१ फागुन २० मंगलवार १२:२३ मा प्रकाशित






























