back
CTIZAN AD

‘क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक’

वि.सं.२०८१ फागुन २५ आइतवार

543 

shares

भैरहवा (रुपन्देही) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि यहाँ सुरु प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पूर्वाधार तथा सुविधाको अभावमा पनि नेपाली क्रिकेट क्षेत्रले उल्लेख्य सफलता हासिल गरेको बताए ।

“क्रिकेटको विकासमा सरकार प्रतिबद्ध छ, अभावकै बीचमा पनि नेपाली क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धि उल्लेखनीय छ”, उनले भने । उनले क्रिकेटको विकासमा निजी क्षेत्रको पनि भूमिका रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । “नेपाल प्रिमियर लिग (एनपिएल) जस्ता प्रतियोगिताले यस क्षेत्रमा आशा जागेको छ, थप लगानीको वातावरण निर्माण भएको छ”, उनले भने ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कूल ४६ वटा खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा खेलाइने जनाइएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन सिद्धार्थ क्रिकेट रङ्शालामा लुम्बिनी र कोशी प्रदेश, एक्स्ट्राटेक ओभलमा विभागीय टोली सशस्त्र प्रहरी र बागमती प्रदेश तथा लमहीको देउखुरी रङ्गशालामा सुदूरपश्चिम र कर्णाली प्रदेशबीच खेल भइरहेका छन् ।

वि.सं.२०८१ फागुन २५ आइतवार १३:३९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...