back
CTIZAN AD

स्थानीय जातको आलु खेतीबाट आम्दानी लिँदै किसान

वि.सं.२०८१ फागुन २६ सोमवार

855 

shares

अत्तरिया (कैलाली) । यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष रु तीन लाख आम्दानी लिएको बताए । उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए । ४० क्विन्टल आलु उत्पादन गरेका उनले भने,“अझै २० क्विन्टल आलु बेच्न बाँकी छ । यस वर्ष आलु राम्रो फलेको थियो । समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो । प्रतिकिलो रु एक सय ५० मा बिक्री गरियो ।”

उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन । उनले तरकारी खेती समेत गर्ने गरेको बताए । उनले भने, “सिजनअनुसारको तरकारी लगाउँछु । तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुन्छ । तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु ।”

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताए । उनले भने, “मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ । आठ क्विन्टल बेचेको छु । बाँकी अब असारतिर बेच्ने गरी राखेको छु । २० क्विन्टलसम्म विक्री गर्छौँ । बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।”

उनले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताए । उनले तरकारी र थारु आलु बिक्रीबाट वार्षिक रु तीन लाखसम्म बचत गर्ने गरेका छन् । माग बढ्न थालेपछि लगाउन छाडिएको थारुआलु पछिल्लो समय लगाउन थालिएको उनको भनाइ छ ।

सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताए । उनले भने, “यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ । अहिले मूल्य घटेकाले बेचेका छैनौँ । मूल्य बढेपछि बिक्री गर्छौँ ।” उनले तरकारी तथा थारुआलु बिक्रीबाट वार्षिक रु दुई लाख आम्दानी हुने गरेको बताए । रासस

 

वि.सं.२०८१ फागुन २६ सोमवार ०९:०९ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...