back
CTIZAN AD

महिलालाई रोजगारी दिँदै नगरपालिका

वि.सं.२०८१ फागुन २६ सोमवार

858 

shares

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ ।

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रुपमै अगाडि बढाएको छ ।

हाइब्रिड जातको मकैको पोस्करबाट टोपी र झोला निर्माण नहुने भएकाले नगरपालिकाले बाँझो जग्गामा कर्मशिल रोजगार कार्यक्रममार्फत मकैको बीउ उत्पादन गरेको नगरपालिकाका योेजना अधिकृत हरिश्चन्द्र भुसाललले बताए । मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोला बिक्री गर्न कुनै समस्या नभएको नगरउपप्रमुख बालकृष्ण बञ्जाडेले जानकारी दिए । ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौँले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामग्री निर्माण गर्ने भूमिकास्थान–३ कि लीला विकलाई रु ३० हजारसहित सम्मान गरेको छ ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारीखेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका झोला र टोपी गाउँमा उत्पादन गरेर विदेश निर्यात गर्न थालेका छन् । भूमिकास्थानका १० वटै वडामा तालिम दिएर स्वरोजगार बनाएको नगरपालिकाले अहिले महिलालाई व्यवसायिकतामा जोडेको हो ।

कम्पनीले प्रति क्वीन्टल रु १५ हजारको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिला आम्दानी गर्न थालेका छन् । पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजना अन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै सुरु गरिएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन २६ सोमवार १५:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...